५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम अधिकारी गर्भनर अधिकारी होइनन्– एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम उल्लेख भएपछि एम अधिकारी भनेको गभर्नर अधिकारी नै भएको भन्दै आलोचना भइरहेको छ ।

गभर्नर अधिकारीले भने एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै आफू कुनै पनि पार्टीको सदस्य नरहेको र त्यस्तो सोच्न पनि नसकिने बताएका छन् ।

गभर्नर अधिकारीको पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको उल्लेख गरेका छन् । उनले सरकारी सेवामा रहेकालाई पार्टीको कुनै पनि विभागमा राख्ने नीति पार्टीको नरहेको उनले स्पष्ट पारेका छन् ।

यद्यपि जवाफी पत्रमा एम अधिकारी गभर्नर अधिकारी होइन भनिए पनि एम अधिकारी को हुन् त भनी केही पनि बताइएको छैन ।

गभर्नर पार्टीको कार्यकर्ता हुन नमिल्ने भन्दै सत्ताधारी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलले गभर्नर अधिकारीको राजीनामा माग गरिरहेका छन् ।