१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न पाँच जना नियन्त्रणमा



सांकेतिक तस्बिर
अ+ अ-

रूपन्देही । गैडहवा गाउँपालिका-१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो । कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।