• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा ★   सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए ★   बत्तीसपुतलीमा एक युवकको हत्या, चार पक्राउ ★   गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण ★   प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो ★   चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित ★   आज चट्याङसहित केही ठाउँमा भारी वर्षा हुने ★   नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै ★   आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकाता, मुम्बईलाई १८ रनले हरायो

युनियनको अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

युनियनको महाधिवेशन अगामी साउन ६ र ७ बागमती प्रदेश राजधानी हेटौँडामा आयोजना हुँदैछ । उहाँ युनियनको कार्यसमितिको कोषाध्यक्ष हुनुहुन्छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले विभिन्न कार्ययोजनाका साथ आफूले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।

ती कार्ययोजनामा पत्रकारको पेसागत सुरक्षा र श्रमको मूल्य, पेशागत दक्षता, सीप, विकास र क्षमता अभिवृद्धि, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, मिडिया मैत्री कानुन निर्माणका लागि निरन्तर पैरवी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तार छन् ।

उहाँले भन्नुभयो, “म प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । श्रमजीवी पत्रकारको साझा संस्था युनियनको गरिमालाई अझ माथि उठाउनका लागि मेरो अध्यक्ष पदमा उम्मेदवारी हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, युनियनको निर्धारित समयमा महाधिवेशन, युनियनको सचिवालय चुस्त बनाउनेछु । पत्रकारको व्यावसायिक दक्षता बढाउनेछु ।”

आफू सधैँ श्रमजीवी पत्रकारका साथमा रहेको उल्लेख गर्दै उहाँले यसका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले यसअघि नेपाली कांग्रेस ‘बिट’मा काम गरिरहेको क्रियाशील पत्रकार, विभिन्न सञ्चारमाध्यमका सम्पादक, युनियनका जिल्ला अध्यक्ष तथा केन्द्रीय पार्षदहरुसँग राय तथा सुझाव लिनुभएको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा सक्रिय उहाँ विसं २०५८ देखि विभिन्न सञ्चारमाध्यममा आबद्ध रही पत्रकारितामा क्रियाशील हुनुहुन्छ । रासस