७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा सरकारले एकवर्षमा गरेका ४३ कामहरू सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको आज बुधबार १ वर्ष पुगेको छ ।

सर्वोच्च अदालतले २०७८ असार २८ गते संसद विघटन बदर गर्दै २४ घण्टाभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

त्यसको भोलिपल्ट अर्थात् २०७८ असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

यसैबीचमा देउवा नेतृत्वको सरकारले एकवर्षमा गरेका ४३ कामहरू सार्वजनिक गरिएको छ ।

जसमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानिएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शन्तिपूर्ण रुपमा सम्पन्न गर्नुलाई अर्को उपलब्धि मानिएको छ ।

कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको समेत उल्लेख गरिएको छ ।

Governments-1-year_some-points-1