२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक कामलाई प्रभावकारीरुपमा सम्पादन गर्ने काम कर्मचारीको हो’



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएको बताउनुभएको छ ।

उहाँले प्रदेशसभाबाट निजामती विधेयक पारित गरी कार्यान्वयनमा आएमात्र सङ्घीयता बलियो हुने बताउनुभयो । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश निजामती विधेयक विषयक छलफल कार्यक्रममा उहाँले प्रदेशका जनतालाई सकारात्मकरुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारी प्रशानलाई जनताको सेवकका रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छिटो, छरिटो प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले सङ्घीयताको कार्यन्वयनका लागि कर्मचारी प्रशासन तयार भएपछि मात्रै सङ्घीयताले मूर्तरुप लिने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको निजामती कर्मचारी ऐन नमूना र कार्यान्वयनका लागि सहज हुने तरिकाले निर्माण गरी अगाडि बढाउन निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्माले सङ्घीयताको मर्म र भावनाअनुसार राजनीतिक सङ्घीयता, प्रशासनिक सङ्घीयता र वित्तीय सङ्घीयताको सहकार्य तथा समन्वयमा मात्रै सङ्घीयता बलियो हुने बताउनुभयो ।

प्रदेश निजामती विधेयक मन्त्रिपरिषद्को बैठकले पारित गरी प्रदेशसभामा लैजाने गरी तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन सचिव नरेन्द्रकुमार रानाले बताउनुभयो ।