१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जसपाले तय गर्‍यो १२ एजेन्डा, एमसीसीबारे भोलि छलफल हुने

जसपाले तय गर्‍यो १२ एजेन्डा, एमसीसीबारे भोलि छलफल हुने
अ अ+ अ-

काठमाडौं । एमसीसी लगायत समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । 

बैठक शुक्रवार इमाडोलस्थित इन्द्रणी ब्याक्वेटमा सुरु भएको हो । बैठकमा एमसीसी लगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमाथि छलफल हुने भएको छ । जसपा नेता प्रकाश अधिकारीले केन्द्रीय कार्यकारिणी बैठकमा  स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समिक्षा र समायोजनको सम्बन्धमा छलफल हुने बताउनुभयो । 

त्यसैगरी बैठकमा कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरुको कार्य समिक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा पनि बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

शुक्रवार ढिलोगरी सुरु भएको जसपा केन्द्रीय कार्यकारिणी बैठक लम्बिने सक्ने नेता अधिकारीले बताउनुभयो । सत्तारुढ सबै राजनीतिक दलहरुले एमसीसीको सम्बन्धमा धारणा स्पष्ट गरिसकेको भएपनि जसपाले यसबारे हालसम्म औपचारिक धारणा स्पष्ट पार्न सकेको छैन । पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच एमसीसीको विषयमा फरक फरक मत रहेको नेताहरुले बताउने गरेका छन् ।