२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे



अ+ अ-

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।

१३९ दिनको विरोधपछि राजापाक्षेले राजीनामा दिएका छन् । उनको राजीनामाको घोषणा आज संसदमा हुने र त्यससँगै अन्तरिम राष्ट्रपतिको नाम पनि घोषणा गरिने छ ।

विभिन्न सञ्चारमाध्यमले उनी माल्दिभ्स भागेको बताइएको भएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन । माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

गोटाबाया जुलाई ८ देखि कोलम्बोमा देखिएका थिएनन् । मङ्गलबार अर्थात् जुलाई १२ मा उनी नौसेनाको जहाजबाट भाग्न खोजिरहेका थिए, तर बन्दरगाहका अध्यागमन अधिकारीहरूले उनलाई रोकेका थिए ।

राजापाक्षेले देशभरि जारी विरोध प्रदर्शनका कारण आफूले अन्य सार्वजनिक सुविधाहरू प्रयोग गर्न नसक्ने जिद्दी गरे तर अधिकारीहरूले मानेनन् ।

गोटाबाया राजापाक्षेले राजीनामा दिनुअघि आफूलाई देश छाड्न दिनु पर्ने शर्त राखेका थिए । त्यसको केही घण्टापछि नै उनको देश छाडेको खबर बाहिरियो । यस्तो अवस्थामा अब गोटाबाया भागे कि भगाइए ? भन्ने प्रश्न उठ्छ । राजापाक्षेले १२ जुलाईमा आफ्नो राजीनामामा हस्ताक्षर गरी वरिष्ठ अधिकारीलाई बुझाएका थिए । उक्त पत्र बुधबार संसदका सभामुख महिन्दा यापा अभयवर्धनेलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । गोटाबाया राजपाक्षे श्रीलंका छोडेर अमेरिका भाग्न चाहन्थे तर अमेरिकाले उनलाई भिसा दिएन ।