१४ पुष २०८१, आईतवार
,
Latest
आज कहाँ–कहाँ पर्दैछ पानी ? भोलिदेखि मौसममा सुधार आउने राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा ‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास-फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे



अ+ अ-

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।

१३९ दिनको विरोधपछि राजापाक्षेले राजीनामा दिएका छन् । उनको राजीनामाको घोषणा आज संसदमा हुने र त्यससँगै अन्तरिम राष्ट्रपतिको नाम पनि घोषणा गरिने छ ।

विभिन्न सञ्चारमाध्यमले उनी माल्दिभ्स भागेको बताइएको भएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन । माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

गोटाबाया जुलाई ८ देखि कोलम्बोमा देखिएका थिएनन् । मङ्गलबार अर्थात् जुलाई १२ मा उनी नौसेनाको जहाजबाट भाग्न खोजिरहेका थिए, तर बन्दरगाहका अध्यागमन अधिकारीहरूले उनलाई रोकेका थिए ।

राजापाक्षेले देशभरि जारी विरोध प्रदर्शनका कारण आफूले अन्य सार्वजनिक सुविधाहरू प्रयोग गर्न नसक्ने जिद्दी गरे तर अधिकारीहरूले मानेनन् ।

गोटाबाया राजापाक्षेले राजीनामा दिनुअघि आफूलाई देश छाड्न दिनु पर्ने शर्त राखेका थिए । त्यसको केही घण्टापछि नै उनको देश छाडेको खबर बाहिरियो । यस्तो अवस्थामा अब गोटाबाया भागे कि भगाइए ? भन्ने प्रश्न उठ्छ । राजापाक्षेले १२ जुलाईमा आफ्नो राजीनामामा हस्ताक्षर गरी वरिष्ठ अधिकारीलाई बुझाएका थिए । उक्त पत्र बुधबार संसदका सभामुख महिन्दा यापा अभयवर्धनेलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । गोटाबाया राजपाक्षे श्रीलंका छोडेर अमेरिका भाग्न चाहन्थे तर अमेरिकाले उनलाई भिसा दिएन ।