• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

चीनविरोधी गतिविधि बढेकामा लिउको असन्तुष्टि



काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालमा चीनविरोधी गतिविधि बढेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा मंगलबार भएको भेटमा उहाँले पछिल्लो पटक नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे ओलीसँग जिज्ञासा राख्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

जवाफमा अध्यक्ष ओलीले नेपाली भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने विषयमा लिउलाई आश्वस्त पार्नुभएको थियो ।

बैठकपछि एमाले नेता राजन भट्टराईले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला अहिले नेपालमा भएजस्ता चीनविरोधी गतिविधिहरु नभएको स्पष्ट पार्नुभएको बताउनुभयो ।

भेटमा लिउले नेपालको एक चीन नीतिका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । एमाले अध्यक्ष ओलीले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहेको भन्दै आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संकेत गर्दै नेपाल र चीनबीच भएका सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

झन्डै चार घण्टासम्म भएको भेटवार्तामा दुई नेताबीच दुई कम्युनिस्ट पार्टीको सम्बन्धलाई सुदृढ र बलियो बनाउनेबारे छलफल भएको नेता भट्टराईले बताउनुभयो ।

दुई नेताबीचको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनबारे चासो राखेको बताइएको छ ।

विदेश विभाग प्रमुख लिउले सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्ने कार्यक्रम छ ।