९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिवा भोज सहित एमाले अध्यक्ष ओली र सिपिसी विदेश विभाग प्रमुख लिउ बीच भेट हुदै



अ+ अ-

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी ओली संग भेट गर्दै हुनुहुन्छ ।

बिहान १० बजे ओली निबास बालकोटमा उहाँहरु बीच भेट हुन लागेको हो । चिनियाँ टोलीले ओली निबास बालकोटमा नै लन्च गर्ने जनाईएको छ । ११ जना चिनियाँ टोली र ८ जना एमाले को टोली बीच छलफल हुन लागेको हो ।

सिपिसीका विदेश विभाग प्रमुख लिउका् टोली आजै मध्यान्न ४ बजे नेकपा एकिकृत समाजबादी अध्यक्ष माधब नेपाल र सम्मानित नेता झलनाथ खनाल संग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँहरु बीच बानेश्वरमा रहेको होटल एभरेष्टमा छलफल हुने तय भएको छ ।