१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो चुनावमा गठबन्धनलाई सात दिन उठ्नै नसक्नेगरी पछार्ने ओलीको चेतावनी



अ+ अ-

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमती, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरुलाई एकमुष्ट रुपमा उठनै नसक्नेगरी पछार्ने बताउनु भएको हो । शुक्रबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा धुलोपिठो हुने भयले पनि नटुटने तर्क गर्नु भयो । एमालेले गठबन्धन दलहरुसँग वान बाई वान लडनु भन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रुपमा चुनावमा लडन चुनौति दिनु भयो । उहाँले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दावी समेत गर्नु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो,  ‘मलाई समाचार देखाएको देख्नु भयोहोला । त्यसमा ‘गठबन्धनमा सहमती । एमसीसी पास हुने । गठबन्धन पनि नटुट्ने’ उल्लेख गरिएको छ । यो गठबन्धन टुट्दैन, टुट्नु हुँदैन । यो टुट्यो भने बिचराहरु धुलोपिठो हुन्छन । हामी पनि यो किस्ताकिस्तामा एउटा यता छ, एउटा उता छ । यो भन्दा एकमुष्ट पाँच वटा दल । हामीले फेरी लडन आमत्रण गर्दा वान बाई वान भन्छन नि । हामी त्यस्तो गर्दैनौं । वान बाई वानवाला हामी होइनौं । पाँच वटै एकैचोटी आऊ । बैशाख ३० गतेको चुनाव सार्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो । फेरी त्यो मुद्धा दर्ता गरिराख्या छ । हामी बुझ्दैनौं । गठबन्धन टुट्छ ? यिनको हुत्ती छ–गठबन्धन टुटाएर एक्लै चुनाव लडने कसैको ? ठिक छ, बैशाख ३० गतेसम्म एक झट्का, एक पटक हामी त्यहाँ सात दिन नउठनेगरी पछार्छौं । यिनीहरुको जस्तो सडकमा ढुंगा हानेर होइन्, जनताको पवित्र मतबाट ।’

अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताउनु भयो । एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कस्ले रोकेको छ ? उहाँको सत्तारुढ दलप्रति प्रश्न थियो । ओलीले एमसीसीप्रति संकेत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पार्नु भयो । उहाँले पुतलीको कथा उर्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाईरहेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’

कार्यक्रममा बिभिन्न दलबाट एमालेमा प्रवेश गर्ने दर्जनौ कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गर्नु भएको थियो  ।