२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ । सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । काठमाडौँमा २०० बढी सक्रिय सङ्क्रमित छन् । होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष ९आइसियु० मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।