२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरी र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबिच भेटवार्ता भएको छ । राजदूत बेरी र भट्टराईबिच राजधानीको एक होटलमा भेटवार्ता भएको हो ।

एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको बेला बेरीले भट्टराईलाई भेटेका हुन् । यता एमसीसी उपाध्यक्ष फतिमा सुमार पनि नेपाल आउँदै छन् ।

गत असार १६ गतेभित्र एमसीसी संसदबाट पारित भइसक्नुपर्नेमा अझै हुन सकेको छैन।  तर सो परियोजना देश हितमा नभएको भन्दै विरोध प्रदर्शन भइरहेका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी एमसीसी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ नेपालमा लगानी गर्दैछ।