११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरी र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबिच भेटवार्ता भएको छ । राजदूत बेरी र भट्टराईबिच राजधानीको एक होटलमा भेटवार्ता भएको हो ।

एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको बेला बेरीले भट्टराईलाई भेटेका हुन् । यता एमसीसी उपाध्यक्ष फतिमा सुमार पनि नेपाल आउँदै छन् ।

गत असार १६ गतेभित्र एमसीसी संसदबाट पारित भइसक्नुपर्नेमा अझै हुन सकेको छैन।  तर सो परियोजना देश हितमा नभएको भन्दै विरोध प्रदर्शन भइरहेका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी एमसीसी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ नेपालमा लगानी गर्दैछ।