८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन समापन: संकल्प पत्र सार्वजनिक

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन समापन: संकल्प पत्र सार्वजनिक
अ+ अ-

काठमाडौं । पाशुपतक्षेत्रको तिलगंगाको प्रांगणमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा गत असार २६ र २७ गते भएको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ।

देशको विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न सम्मेलनले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ।

सम्मेलनले सनातन धर्म संस्कृतिलाई विस्थापित गर्ने गरी संगठित र योजनावद्ध रुपमा भैरहेको धर्मान्तरण प्रति गहिरो चिन्ता व्यक्त गर्दै संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ।

सम्मेलनले जारी गरेको संकल्प पत्रको पूर्णपाठ

१) सम्मेलनले सनातन धर्म संस्कृतिलाई विस्थापित गर्ने गरी संगठित र योजनावद्ध रुपमा भैरहेको धर्मान्तरण प्रति गहिरो चिन्ता व्यक्त गर्दै संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। नेपालको वर्तमान संविधानले परम्परादेखि चलिआएको धर्म संस्कृति र परम्पराको रक्षा गर्नु सरकारको दायित्व हुने व्यवस्था गरेको हुँदा यसरी व्यापक रूपमा धर्मपरिवर्तन किन भैरहेको छरु तथा यसको निराकरणका निम्ति के गर्नु पर्छ भन्ने विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न अविलम्व एक समिति गठन गरियोस् भन्ने यो सम्मेलन माग गर्दछ।

२) धर्म संस्कृतिको आडमा कायम रहेको सामाजिक सांस्कृतिक विभेद, छुवाछुत प्रथा र अन्धविश्वासले सनातन धर्म संस्कृतिलाई कमजोर बनाईरहेको तथा धर्मपरिवर्तनको प्रमुख कारण समेत भएको हुँदा यस्ता समस्या र चुनौतीको निराकरण गर्न सम्बद्ध सबै पक्षको सम्मेलनले ध्यानाकर्षण गरेको छ । खासगरी धार्मिक संघसंस्था एवं धार्मिक व्यक्तित्वहरूले यस कार्यमा अग्रणी भूमिका निर्वाह गर्नु पर्छ भन्ने सम्मेलनको धारणा रहेको छ।

३) सनातन हिन्दुराष्ट्रको पहिचान संवैधानिक रूपमा पुनःस्थापना गर्न एवं सनातन धर्म संस्कृति र परम्परा माथि भैरहेको आक्रमण रोक्न सम्पूर्ण धार्मिक संघसंस्था, धार्मिक गुरु, स्वामी, पण्डितहरुका बीचमा एकता, समन्वय र सहकार्यको निमित्त सम्मेलन विनम्रतापूर्वक आह्वान गर्दछ।

४) गौरक्षाको निम्ति प्रत्येक पालिकामा कम्तिमा एउटा गौशाला निर्माण गर्न सम्मेलनले देशका सम्पूर्ण पालिकाहरुलाई आग्रह गरेको छ।

५) सर्वधर्म समभाव,धार्मिक स्वतन्त्रता एवं सबै धर्म संस्कृतिसँग सद्भाव र सहकार्य सनातन धर्मको मूल मान्यता भएको हुँदा हिन्दू, बौद्ध, किरात, जैन, शिख समुदाय मात्र होइन ईस्लाम र ईसाई समुदायसँग पनि हामी नेपालीहरु परस्पर सद्भाव र सहकार्य गरेर बसेका छौँ। यो सद्भावपूर्ण वातावरणमा खलल पुर्‍याउने काम कसैबाट पनि नहोस् र देशको मौलिक चरित्रलाई नष्ट पार्न धर्मपरिवर्तन गराउने कार्य कुनै पनि समुदायले गर्न हॅुदैन भन्ने मान्यताप्रति दृढ विश्वास गर्दै कुनै पनि रूपमा धर्म परिवर्तन गर्ने कार्य तत्काल रोकियोस् भनी यो सम्मेलन सम्वन्धित सबैमा अपिल गर्दछ।

६) सनातन धर्म संस्कृति र परम्परा माथि भैरहेको अतिक्रमण रोक्न तथा सनातन धर्मको संरक्षण र सम्बर्द्धनको निम्ति हिन्दू, बौद्ध र किरात धर्ममा आस्था राख्ने सबै सनातनी परिवारमा कार्यगत एकताको निम्ति पनि यो सम्मेलन जोडदार आह्वान गर्दछ।

७) नेपाल विश्वको प्राचीनतम देश हो। नेपाल हिन्दू, बौद्ध र किरात जस्ता विश्वका महानतम आदर्श, दर्शन र धर्महरुको उदगम स्थल हो। वेद, उपनिषद, भागवत गिता, अष्टावक्र गिता, मुन्धुम जस्ता महान ग्रन्थहरूको रचना यसै भुखण्डमा भएको हो। हाम्रो सभ्यता,संस्कृति, वैभवशाली परम्परा र सम्पदा प्राचीन र गौरवशाली छ। यसको महिमा र महत्वका विषयमा नयाँ पिँढीलाई जागरुक तुल्याउनु पर्दछ। सनातन धर्म संस्कृति र परम्परा नेपाली पहिचान र एकताको आधार समेत हो। तसर्थ, मातृभूमी नेपाल र सनातन धर्म प्रति गर्व गर्न समस्त नेपालीहरुमा यो सम्मेलन आह्वान गर्दछ।

८) नैतिक शिक्षा र सनातन धर्म संस्कृति वारे जानकारी दिलाउन विद्यालयहरुको पाठ्यक्रममा तत्सम्बन्धी विषय समावेश गर्न तथा माध्यमिक तह सम्म अधिकांश भाषाहरुको जननी मानिएको संस्कृत विषय अनिवार्य गर्न सम्मेलन सरकारसँग माग गर्दछ।

९) सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउनु हुने सबैमा सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ। साथै, सम्मेलनमा सहभागी हुन भारतबाट पाल्नुभएका स्वामी अमृतानन्द गिरी महाराज लगायत सबै नेपाल र भारतका धार्मिक व्यक्तित्वहरू एवं विद्वानहरुमा सम्मेलन धन्यवाद ज्ञापन गर्दछ।

१०) सम्मेलनमा आफ्नो महत्वपूर्ण प्रस्तुती गर्नुहुने डा. जगमान गुरुङ , डा. सोम प्रसाद खतिवडा , डा. निर्मला पोखरेल, बिनु पोखरेल र मोहन लामा प्रती सम्मेलन आभार प्रकट गर्दछ ।