५ फाल्गुन २०८१, सोमबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि



अ+ अ-

काठमाडौं । स्पेनी सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ ।

गएराति साउदी अरेबियामा भएको फाइनल खेलमा रियललाई ५-२ गोलले हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।

खेलको पाँचौ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।

३६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ ले अघि बढाए । ३९ औं मिनेटमा राफिन्हाले तथा खेलको इन्जुरी समयमा अलेजान्ड्रो ब्लेडले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलले अग्रता दिलाए ।

यस्तै, ४८ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो तथा टोलिका लागि पाँचौ गोल गरे ।

६० औं मिनेटमा रोड्रीगोले गोल गर्दा रियल २-५ गोलको अवस्थामा आयो । त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन र बार्सिलोना विजयी बन्यो । ५६ औं मिनेटमा बार्सिलोनाका ओसेज सेज्नीले रातो कार्ड खाएका थिए ।

बार्सिलोनाको यो सर्वाधिक पन्ध्रौं उपाधि हो । रियलले १३ औं पटक उपाधि जितेको छ ।