११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप: म्यान्चेस्टर युनाइटेडले आर्सनललाई पेनाल्टीमा हरायो



अ+ अ-

काठमाडौं । आर्सनल एफए कप फुटबल प्रतियोगिताबाट बाहिरीएको छ ।

भर्खरै सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै आर्सनल तेस्रो चरणबाटै बाहिरिएको हो ।

आर्सनलको घरेलु मैदान एमिरेट्समा खेल निर्धारित ९० तथा अतिरिक्त समयसम्म १-१ गोलको बराबरीमा सकिएसँगै खेल टाइब्रेकरमा पुगेको थियो ।

जसमा म्यान्चेस्टर युनाइटेड ५-३ गोलले विजयी बन्यो । आर्सनलका काइ हाभेर्ट्ज पेनाल्टीमा गोल गर्न चुके ।

त्यसअघि ५२ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले तथा ६३ औं मिनेटमा आर्सनलका गाब्रीएलले गोल गरेका थिए ।

खेलको ६१ औं मिनेटमा युनाइटेडका डिओगो डालोटले रातो कार्ड खाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो जसको फाइदा आर्सनलले उठाउन भने सकेन ।

योसँगै युनाइटेडले अर्को चरणमा लेस्टर सिटिसँग प्रतिस्पर्धा गर्नेछ ।