२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको भ्रातृ विद्यार्थी संगठनद्वारा शैक्षिक क्षेत्रको उन्नयनका लागि शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष शैक्षिक क्षेत्रका समस्या समाधान गर्न विभिन्न मागसहितनको ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिनुपर्ने, समयमै पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराइनुपर्ने, शिक्षालाई व्यापारिकण हुनबाट जोगाउनुपर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेलगायतका विभिन्न ११ बुँदे माग समेटिएका छन् ।

यही असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।