२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा भारतले जनसङ्ख्यामा चीनलाई उछिन्ने



Multicolored vector illustration.
अ+ अ-

संयुक्त राष्ट्रसंघ । जनसंख्या विष्फोटको सामना गरिरहेको भारतले अर्को वर्ष जनसंख्याका आधारमा छिमेकी राष्ट्र चीनलाई उछिन्ने छ । यसले भारतलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनाउनेछ।

संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा यस्तो खुलासा भएको हो । संयुक्त राष्ट्रसंघले सन् २०२२ को नोभेम्बरको मध्यसम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने जानकारी पनि दिएको छ । तर, प्रतिवेदनमा राम्रो कुरा के छ भने विश्वको जनसंख्या सन् १९५० यताकै न्यून दरमा बढिरहेको छ ।

सन् २०२० मा जनसंख्या वृद्धि दर एक प्रतिशतले घटेको छ । संयुक्त राष्ट्रसंघले नोभेम्बर १५, २०२२ सम्ममा विश्वको जनसंख्या ८ अर्ब पुग्ने बताएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो अनुमानले सन् २०३० सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब ५० करोड र सन् २०५० सम्ममा ९ अर्ब ७० करोड पुग्ने देखाएको छ ।

सन् २०८० मा विश्वको जनसङ्ख्या चरम सीमामा पुग्ने विश्वास गरिएको छ । यस अवधिमा विश्वको कुल जनसङ्ख्या १० अर्ब ४० करोड पुग्नेछ र सन् २१०० सम्म यही स्थानमा रहनेछ ।

यस वर्षको विश्व जनसंख्या दिवस (जुलाई ११) पछि नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने राष्ट्रसंघका महासचिवले बताएका छन् ।

यो एक अवसर हो जब हामी हाम्रो विविधता मनाउँछौँ, हाम्रो साझा मानवतालाई मान्यता दिन्छौँ र स्वास्थ्यको क्षेत्रमा हामीले गरेको प्रगतिमा आश्चर्यचकित हुन्छौँ।

स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण मानिसको उमेर बढ्दै गएको छ भने बाल मृत्युदर पनि घट्दै गएको छ ।

यो रिपोर्टमा सन् २०२३ मा भारतले जनसंख्याको मामिलामा चीनलाई उछिनेको खुलासा गरिएको छ । यससँगै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्नेछ ।

विश्वका सबैभन्दा बढी जनसंख्या भएका दुई देश पूर्वी एसिया र दक्षिण एसियाका हुनेछन् र तिनीहरूको कुल संख्या २ अर्ब ३० करोड हुनेछ । यो पृथ्वीको कुल जनसंख्याको २९ प्रतिशत हुनेछ।

सन् २०२२ मा प्रत्येक देशमा एक अर्ब ४० करोड जनसंख्याका साथ यी क्षेत्रहरूमा भारत र चीनको जनसंख्या सबैभन्दा बढी हुनेछ। सन् २०५० सम्ममा जनसंख्या वृद्धि हुने ८ राष्ट्रमा पाकिस्तान, कंगो, इजिप्ट, इथियोपिया, नाइजेरिया, भारत, फिलिपिन्स र तान्जानिया पर्दछन् ।

एजेन्सीको सहयोगमा




भर्खरै