१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटमा देउवा र ओलीबीच वार्ता जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निजी निवास बालकोट जानुभएको छ । 

शुक्रबार साँझ नेताहरुसहित देउवा बालकोट पुग्नुभएको हो । 

देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि साथमा हुनुहुन्छ भने एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि वार्तामा सहभागी  हुनुहुन्छ । 

प्रधानमन्त्री देउवाले दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।