५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन १८ हजार संक्रमित, नेपालमा बढ्यो त्रास



अ+ अ-

काठमाडौँ । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै देखिएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ हरेक दिन संक्रमितहरु बढ्दै छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ हरेक दिनजसो संक्रमितहरु बढ्दै गएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्यु पनि भएको छ । कोभिडबाट नै मृत्यु भएपछि यहाँ केही दिनयता त्रास बढेको छ । यहाँ कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ ।

भारतको यो बृद्धिले यता नेपालमा भने त्रास बढाएको छ । नेपालको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको तथ्यांकमा पनि केही महिना पछि नेपालमा हिजो मात्र ११९ जनामा संक्रमण भएको देखिएको थियो । एकै दिन यो संख्या धेरै पछिको पहिलो हो ।

उता भारतीय सीमा नाकाहरुबाट नेपाल भित्रिने नागरिकहरुमा पनि संक्रमितहरु बढ्दै गएको देखिएको । यसअघिका कोरोना भाइरसका सबै लहरमा पनि भारतबाट नै संक्रमण भित्रिएको अनुभव हामीले देखेकाले यतिखेर पनि भारतमा संक्रमण बढ्दै जाँदा त्यसको प्रभाव यहाँ पनि पर्नसक्ने देखिएको छ ।

नेपालमा पनि दिनहुँ एक सयभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेकाले यहाँ पनि त्रास बढेको बताइएको छ । यहाँ कोरोनाको अर्को लहर आउन नदिन सरकारले केही तयारीहरु थालेको पाइएको पनि बताइएको छ ।