९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीपीसीका विदेश विभाग प्रमुख लिउले विभिन्न दलका नेतासँग भेट गर्दै



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग भेट गर्दै हुनुहुन्छ ।

दिउसो चार बजे प्रचण्ड निवास खुमलटारमा उहाँहरु बीच भेट हुने कार्यक्रम रहेको छ ।चार दिने नेपाल भ्रमणका लागि आईतबार काठमाडौ आईपुग्नु भएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरिसक्नु भएको छ ।

लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ,एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु संग पनि भेट गर्दे हुनुहुन्छ । उहाँले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने कार्यक्रम रहेको छ । ८ सदस्यीय चिनियाँ टोली बुधबार राती स्वदेश फर्कने छ ।