६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…



सांकेतिक तस्बिर
अ+ अ-

पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ ।

कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । उहाँका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भयो ।

प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो । समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन । क्षतिको विवरण आउन बाँकी छ । नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल सञ्चालन भइरहेको छ ।