१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गाडीको ‘इम्बोस्ड नम्बर’ प्रयोगमा सर्वोच्चको गम्भीर संवैधानिक त्रुटि !

गाडीको ‘इम्बोस्ड नम्बर’ प्रयोगमा सर्वोच्चको गम्भीर संवैधानिक त्रुटि !
अ अ+ अ-

काठमाडौँ ।नेपालमा गुड्ने सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा अङ्ग्रेजी भाषाको प्रयोगलाई बाटो खुला गरेर सर्वोच्च अदालतले गम्भीर संवैधानिक त्रुटि गरेको छ । नेपालको संविधानको धारा १ र धारा ७ मा स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी कानूनी सिद्धान्त विपरीत गएर सर्वोच्च अदालतको संवैधानिक इजलासले गाडीमा प्रयोग हुने नम्बर प्लेटमा देवनागरी लिपिको साटो अङ्ग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट प्रयोगलाई अनुमति दिएर गम्भीर संवैधानिक त्रुटि गरेको हो ।

नेपालको संविधान २०७२ को धारा १ मा ‘यो संविधान नेपालको मूल कानून हो र यससँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ, यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भनी उल्लेख छ । संविधानको धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनी उल्लेख रहेकोमा त्यसलाई बेवास्ता गर्दै मूल कानूनको मर्म विपरीत संवैधानिक इजलासले निर्णय सुनाएको पाइन्छ ।   

विसं २०७६ मा संवैधानिक इजलासले गाडीको नम्बर प्लेटमा नेपाली देवनागरी लिपिको प्रयोगलाई बेवास्ता गर्दै अङ्ग्रेजी रोमन लिपिको प्रयोग गर्न पाउने गरी फैसला सुनाएको थियो । संवैधानिक इजलासको निर्णय पुनरावलोकनसमेत हुँदैन । नेपाल प्रज्ञा प्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागद्वारा ‘सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा देवनागरी लिपिको प्रयोग: आवश्यकता र औचित्य’ विषयक राजधानीमा आज आयोजित एक गोष्ठीमा कानूनविद्हरुले नेपाली पहिचानलाई नै समाप्त हुने गरी कानून र विधिशास्त्रीय आधारविना नै सर्वोच्चले फैसला गरेको भन्दै आपत्ति जनाएका छन् । 

 केही वरिष्ठ अधिवक्ताहरुले आर्थिक लोभमा फसेर न्यायाधीशले उक्त निर्णय गरेको आरोप पनि लगाउनुभएको छ । नेपाल सरकारले विसं २०७४ मा मन्त्रिपरिषद्को निर्णयमार्फत नेपालमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतमा विसं २०७४ फागुन ९ गते निषेधाज्ञालगायतको परमादेश जारी गरी इम्बोस्ड नम्बर प्लेट बन्द गर्न मागसहित रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासबाट उक्त निर्णय संविधान विपरीत भएको हुँदा लागू नगर्नु, नगराउनु र लागू गरिसकेको भए रद्द गर्नु भनी अन्तरिम आदेश भएको थियो । 

पछि तत्कालीन प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेम्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतसमेतको संवैधानिक इजलासले विसं २०७६ मङ्सिर २७ मा उक्त रिट निवेदन खारेज गरी विगतको अन्तरिम आदेशलाई निष्प्रयोजित हुने गरी पुनः इम्बोस्ड नम्बर प्लेट प्रयोगलाई बाटो खुला गरिदिएको थियो । सर्वोच्चको उक्त निर्णयका सम्बन्धमा एक जना अधिवक्ता रामेश्वर राउत ‘मातृदास’ संविधानसँग विवाद र विमति नै नभएको रिटलाई संवैधानिक इजलासमा लगेर संविधानको धारा १, धारा ७, धारा २८, धारा ३२, धारा १३३ र धारा २७४ का विभिन्न प्रावधान नै उल्लङ्घन गरेको दाबी गर्नुहुन्छ ।

“कुनै पनि सार्वभौम सम्पन्न मुलुकले आफ्नो भाषाको लिपि र अङ्क हुँदाहुँदै विस्थापित गरेर वैकल्पिक बाटो अपनाएको पाइँदैन, भाषिक र गोपनीयताको हकलाई निष्प्रयोजित हुने गरी वैकल्पिक मार्गका रूपमा संविधान विपरीत हुने गरी इम्बोस्ड नम्बर प्लेट जबरजस्ती रूपमा लाद्नुपर्ने उपयुक्त कारण कतै देखिँदैन”, राउतले प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा प्रस्तुत आफ्नो अवधारणापत्रमा उल्लेख गर्नुभएको छ । उहाँले नेपाली भाषाको महत्व र अस्तित्वलाई बचाउनका लागि पनि सवारी साधानमा आफ्नै भाषाको प्रयोग अनिवार्य रहेको दाबी गर्नुभयो । यस विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानले पटकपटक सरकार तथा विभागीय मन्त्रालयमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन सकेको छैन । 

 प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती अदालतको आदेश सहजै पचाउन सक्ने खालको नरहेको बताउनुहुन्छ । समग्र पहिचान नै भाषा र संस्कृति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भाषाप्रति सरकार र संविधानका पालक सर्वोच्चका न्यायाधीशले पनि ख्याल गरेको देखिएन, त्यसप्रति जनमत बनाउन आवश्यक छ भनेर छलफल चलाउँदै आएका हौँ ।” आजको छलफलले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने एउटा बाटो तय गरेको उहाँको भनाइ थियो । 

प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानबाट विसं २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर उक्त विषयमा ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले पछिल्लो समयमा गत भदौ ३० मा पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आठ बुँदामा उल्लेख गरी गाडीको सङ्ख्या पाटीमा देवनागरी लिपिको प्रयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । प्रतिष्ठानलगायत विभिन्न सङ्घसंस्थाले महान्यायाधिवक्ता कार्यालयदेखि कानून मन्त्रालय हुँदै सरोकारवाला विभिन्न निकायमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन ।

वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठक विकासका नाममा पहिचान समाप्त पार्न खोज्नु गम्भीर गल्ती भएको औँल्याउँदै प्रशासन, राजनीतिकर्मी र न्यायाधीश संवेदनशील नबनेको आरोप लगाउनुहुन्छ । उहाँले भन्नुभयो, “यसलाई संशोधन गर्न कुनै कानूनले रोकेको छैन यो कार्यकारीको काम हो, अदालतको फैसला भए पनि कानून संशोधन गरेर ल्याउन सकिन्छ ।”

अर्का वरिष्ठ अधिवक्ता हरि उप्रेती सामान्य इजलासमा हेर्ने भनेर नम्बर कोड गरिएको मुद्दा कसरी संवैधानिक इजलासमा गयो भनी आश्चर्य प्रकट गर्नुहुन्छ । “अदालतले अङ्ग्रेजी प्रविधिमैत्री भयो भनेर व्याख्या गरेको देखिन्छ, अक्षरको मात्रा देखाएर विवेचना भएको छ, यसमा व्याख्या गर्नेको ज्ञानको सीमितता हो भन्ने लाग्छ”, उहाँले थप्नुभयो । उहाँले पनि उक्त निर्णयमा गम्भीर संवैधानिक त्रुटि रहेको र संविधानको धारा ७ को निरपेक्ष व्यवस्थालाई अन्यथा गरेर फैसला भएको जिकिर गर्नुभयो । 

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ फैसलामा कानूनको विधिशास्त्रीय आधार उल्लङ्घन भएको र फैसलामा संवैधानिक आधार नै नरहेको बताउनुहुन्छ । फैसला गर्ने न्यायमूर्तिको योग्यता र आचरणमाथि यस्ता सभाले प्रश्न गर्नुपर्ने उहाँको सुझाव छ । “विदेशीले सजिलोसँग पढ्न सक्छन्, सवारी चोरी गर्नेलाई पक्राउ गर्न सजिलो हुन्छ भन्ने जस्ता निर्णयाधार दिनु न्यायमूर्तिमाथि कै प्रश्न हो, त्यस्ता न्यायाधीशलाई त्यो कुर्सीमा बस्ने अधिकार दिँदैन”, उहाँले भन्नुभयो । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल सवारी साधानमा अङ्गेजी भाषाको प्रयोग गर्नु चिन्ताको विषय हो र यसले मौलिकता समाप्त पार्ने बताउनुहुन्छ । 

वरिष्ठ अधिवक्ता शम्भु थापाले उक्त मुद्दामा आर्थिक चलखेल भएको आरोप लगाउँदै भन्नुभयो, “इम्बोस्ड भनेको कुनै वस्तुमा उक्सिएको नम्बर भनेको हो, नेपाली अक्षरलाई त्यसरी उक्साउन सकिँदैन रु नेपाली नम्बर पनि राख्न सकिन्थ्यो नि ।” उहाँले त्यसमा ठेकेदारको पैसा जाने भो, बढी खर्च हुने भो भनेर उनीहरुलाई बचाउन निर्णय दिएको बताउनुभयो । फैसला चाहिँ नेपालीमा लेख्ने, अनि प्लेट चाहिँ अङ्ग्रेजीमा चाहिन्छ भनेर फैसला गर्ने, यो कस्तो निर्णय हो भनी उहाँले प्रतिप्रश्न गर्नुभयो । 

अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि आर्थिक स्वार्थकै कारण उक्त निर्णय आएको जिकिर गर्नुभयो । अदालतमा नेपथ्यमा धेरै काम हुन्छ त्यही भूमिकाले यो फैसला आएको उहाँले बताउनुभयो । निलम्बित प्रधानन्यायाधीश जबरामाथि न्याय क्षेत्रका विकृति र विसङ्गति केलाउने क्रममा यो फैसला पनि सँगै जोडिएर ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देवनागरी लिपि संविधानले नै मान्यता दिएको बताउँदै प्रश्न गर्नुभयो, “अङ्ग्रेजी नेपालीहरुको भाषा नै होइन भने त्यसलाई मान्यता किन दिइयो रु” उहाँले राष्ट्रपति संविधानभित्र रहने र विगतका सम्प्रभुका निर्णयसमेत अदालतले उल्ट्याएको जानकारी गराउँदै न्यायाधीश संविधानमाथि हुनै सक्दैन भन्नुभयो ।

वरिष्ठ भाषाविद् प्राडा कृष्णप्रसाद घिमिरे देवनागरी लिपि यसैगरी हराउँदै जाने हो भने मुलुक अन्धकारमा जाने भन्दै चिन्ता प्रकट गर्नुहुन्छ । “भाषा नै नरहे हाम्रो इतिहास रहँदैनन्, एक ढिक्का भएर भाषा संस्कृति र पहिचान जोगाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो । भाषा आयोगका सदस्य ऊषा हमाल आयोग स्थापनादेखिनै यो विषयलाई उठाउँदै आएको जानकारी दिनुहुन्छ । उहाँले राष्ट्रपतिसमक्ष प्रतिवेदन प्रस्तुत गर्दा पनि उक्त कुराको सिफारिस भएको जानकारी गराउँदै सरकारलाई यातायातका साधनमा सङ्केत पाटी राख्दा देवनागरी लिपिमै राख्न सिफारिस गरिएको बताउनुहुन्छ । 

अर्का वरिष्ठ भाषाविद् प्राडा माधवप्रसाद पोखरेल संविधानमा लेखिएको कुरा अदालतले खण्डन गर्नै नसक्ने बताउनुहुन्छ । उहाँले इपू तेस्रो शताब्दीदेखि विकास हुँदै यहाँसम्म आएको लिपिलाई एउटा फैसलाले कसरी उल्ट्याउन सक्छ रु रातारात उल्ट्याउने काम कसरी भयो रु भनी प्रश्न गर्नुभयो । उहाँले प्रविधि हाम्रो सेवक भएकाले संस्कृतिका लागि प्रविधि आएको बताउनुभयो । विदेशीका लागि बनाएको प्रविधि ल्याएर संकृति मास्न नहुनेमा उहाँले जोड दिनुभयो । पूर्वमन्त्री रामचन्द्र अधिकारी भाषा संस्कृति र संस्कारप्रति चौतर्फी हमला भइरहेकोप्रति सचेत हुन सुझाव दिनुहुन्छ । रासस