१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

इ–सेवा ट्राभलको ब्रान्ड एम्बेसडर क्याप्टेन विजय लामा

इ–सेवा ट्राभलको ब्रान्ड एम्बेसडर क्याप्टेन विजय लामा
अ अ+ अ-

काठमाडौं । इ–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।इ–सेवाले शुक्रबार एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ । यसअधि नै इ–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताउनु भयो । उहाँले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिनु भयो । सापकोटाले इ–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताउनु भयो । उहाँले  सर्वसाधारणलाई सहज टिकटको व्यवस्था गर्न सेवा सुचारु गरिएको उल्लेख गर्नु भयो।

उहाँले भन्नुभयो,‘ विगत पाँच महिना देखि प्राविधिक रुपमा तयार गरेर आम ग्राहकलाई सूसूचित गर्ने समयमा आएका छौं। अन्र्तराष्ट्रिय हवाई टिकट ग्राहकले सहजै नपाउने जस्ता समस्या छन् । टिकट मूल्य पनि ट्रान्सफरेन्ट तथा अनट्रान्सफरेन्ट कुरालाई हामीले न्यूनकरण गर्न इसेवाको एप्स भित्र नै अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न पाउने व्यवस्था मिलाएका छौं । जसले नेपालमा हवाई सेवा सञ्चालन गर्ने नेपाल एयरलान्स,हिमालय एयरलान्स त्यस्तै अन्तर्राष्ट्रिय हवाई प्रदायक संस्थाहरुलाई पनि व्यापार गर्नलाई सहजता थप्ने छ । हामीसँग काम गर्ने ट्राभल एण्ड टुर्स संस्थाहरु हुनुहुन्छ । उहाँहरुलाई व्यत्तिगतरुपमा सम्पर्क गरेर टिकट खरिद अथवा आफ्नो ग्राहकहरुलाई सेवा दिनुपर्ने जुन अहिलेको व्यवस्था थियो । त्यसलाई पनि सहज गर्नलाई मदत गर्ने छ । यसले अहिलेको ट्राभल एण्ड टुर्सको व्यापारलाई खोस्न खोजेको होइन । नयाँ प्रविधिसँगै काम गर्दै जानु पर्ने भएकाले डिजिटल रुपमा एयरलाइन्स र ग्राहकलाई सहज बनाउने काम गर्छ ।’

त्यस्तै इ–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले इ–सेवामार्फत सहयोग गर्ने बताउनु भयो। उहाँले  कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो।

उहाँले भन्नुभयो,‘ हवाई सेवाको टिकट सहज रुपमा खरिद गर्नको लागि एप्स बनाइएको छ । यसमा ईसेवालाई ल्याउन पाउँदा खुसी छु । इसेवाले विस्वास गर्नु भयो। ३५ वर्ष भए छ नेपाल एयरलान्समा जारि खाएको । यो सेवाले नेपालको हवाई क्षेत्रमा सबैलाई फाइदा हुने देखिन्छ । हवाइ यात्रुुहरुले दुख कष्ट गर्नु नपर्ने आफ्नै हातले यात्रा गर्नको लागि टिकट खरिद गर्न सकिन्छ। अबको समय भनेको पेपेरलेस कागज बिनाको समय आउन थाल्यो।’

उहाँले ३५ वर्ष देखि हवाई क्षेत्रमा काम गरेकाले इसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताउनु भयो।