• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौ आईपुग्दै



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका लिउको टोली नेपाली समय अनुसार बिहान ९ बजे तिब्बतsकाे छन्दु बिमानस्थलबाट नेपाल एयर चाईना मार्फत नेपाल आउन लागेको हो ।

चार दिने नेपाल भ्रमणका क्रममा लिउ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।