२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले यसरी खुवाए एमालेका महिला नेतृहरुलाई बालकोटामा दर, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले एमाले महिला नेतृहरुलाई दर खुवाएका छन् । बुधबार साँझ अध्यक्ष ओलीले एमाले नेतृहरुलाई आफ्नो निजी निवास बालकोटमा दर खुवाएका हुन् । 

बालकोटमा ओलीले खुवाएको दरका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै एमाले नेतृहरुले बा भन्दै  बालकोटलाई माइत घर बनाएकी हुन् । एमाले नेतृ गंगा चौधरीले  फोटोहरुका साथमा लेखेकि छन्, ‘बा त्यसै भइदैन चेलिहरुलाई माइतीघरले यसरी पो सम्झिनु पर्दछ ।’

संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी, नेतृ गंगा चौधरीसहितका सांसदहरु र महिला नेतृहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।

दर खाने कार्यक्रममा सांसदहरु राधा ज्ञवाली, विद्या भट्टराई, आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतको सहभागिता थियो ।