२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले यसरी खुवाए एमालेका महिला नेतृहरुलाई बालकोटामा दर, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले एमाले महिला नेतृहरुलाई दर खुवाएका छन् । बुधबार साँझ अध्यक्ष ओलीले एमाले नेतृहरुलाई आफ्नो निजी निवास बालकोटमा दर खुवाएका हुन् । 

बालकोटमा ओलीले खुवाएको दरका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै एमाले नेतृहरुले बा भन्दै  बालकोटलाई माइत घर बनाएकी हुन् । एमाले नेतृ गंगा चौधरीले  फोटोहरुका साथमा लेखेकि छन्, ‘बा त्यसै भइदैन चेलिहरुलाई माइतीघरले यसरी पो सम्झिनु पर्दछ ।’

संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी, नेतृ गंगा चौधरीसहितका सांसदहरु र महिला नेतृहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।

दर खाने कार्यक्रममा सांसदहरु राधा ज्ञवाली, विद्या भट्टराई, आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतको सहभागिता थियो ।