५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको नाम टुङ्गो लगाउन छलफल



अ+ अ-

बिराटनगर । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा बैठक बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राईको उपस्थिति थियो । प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउने विषयमा दलहरूबीच प्रारम्भिक कुराकानी भएको मुख्यमन्त्री राईले बताउनुभयो । प्रारम्भिक चरणको बैठक भएकाले आ–आफ्नो दलका तर्फबाट धारणा राख्ने काम भएको बताइएको छ । “सुरुआतीजस्तो बैठक भएकाले अहिले दलका तर्फबाट प्रारम्भिक धारणा आएको छ, प्रदेश नामकरणका विषयमा सबै दलले लचकता अपनाउने र साझा सहमति खोज्ने कुरा भएको छ”, मुख्यमन्त्री राईले सर्वदलीय बैठकमा भएका कुराकानी उल्लेख गर्दै भत्रुभयो । रासस

दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलगअलग नाम आएकाले आगामी बैठकमा वैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको उहाँले बताउनुभयो । आ–आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुने गरी अर्को बैठक बस्ने जनाइएको छ ।रासस