२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३४.७१ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।
शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ ।

कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

शुक्रवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ५.४४ प्रतिशत घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ । साढे ५ करोडभन्दा बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ ।