१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री रहेका शिन्जो आबे केबल सम्झनामा (फोटोफिचर)



अ+ अ-

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । ६७ वर्षीय आबे चुनावी प्रचारका लागि पश्चिमी जापानको नारा सहर पुगेका थिए । यहाँ भाषणको क्रममा एक पूर्व सैनिकले उनीमाथि गोली हानेका थिए ।

२००६ मा, आबे पहिलो पटक जापानको प्रधानमन्त्री बने । उनी देशका सबैभन्दा कान्छो प्रधानमन्त्री थिए । त्यतिबेला उनको उमेर ५२ वर्ष थियो । २०१२ मा उनले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले स्वास्थ्य समस्याका कारण २८ अगस्ट २०२० मा पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिएपछि पनि उनी राजनीतिमा सक्रिय थिए । गोली लागेको बेला पनि उनी चुनाव प्रचारमा थिए । सन् १९५४ सेप्टेम्बरमा टोकियोमा जन्मिएका शिन्जो आबे राजनीतिक परिवारका हुन् । उनका बुबा विदेशमन्त्री थिए । उनका हजुरबुबा जापानका प्रधानमन्त्री भइसकेका छन् ।

आबेको यो पारिवारिक तस्बिर बाल्यकालको हो । यहाँ उनी हजुरबुवाको काखमा देखिएका छन् । तस्बिरमा आबेका बुबा शिन्तारो (दायाँ), आमा योको (उभिरहेको) र जेठो दाई हिरोनोबु (बायाँ)पनि देखिएका छन्।
यो तस्बिर आबेको बाल्यकालको हो । यहाँ उनी आमाको काखमा (बिचमा) बसेका छन् । उनका भाइ हिरोनोबु पनि बुबाको काखमा बसेका छन् ।

जापान टाइम्सका अनुसार शिन्जो (दायाँ) आबे पढाइमा निकै तेज थिए । कलेज पढ्दादेखि नै राजनीतिमा रुचि थियो । कुनै बेला उनी थिएटर कलाकार पनि थिए । यहाँ 1970 मा एक साथीसँग ।
तस्बिर सन् २००७ को हो । त्यसपछि सिन्जो आबे एक वर्ष मात्रै प्रधानमन्त्री बने । उनको पहिलो कार्यकालमा, यो स्पष्ट थियो कि उनी कठोर निर्णय लिने नेता हुन् । उनका लागि जापानको सुरक्षा पहिलो थियो ।
अमेरिका र जापानबीचको सम्बन्ध सधैं बलियो रहँदै आएको छ । दुई देशबीच सुरक्षा सम्झौता पनि भएको छ । यसअन्तर्गत अमेरिकाले कुनै पनि आक्रमण भएमा जापानको सुरक्षा गर्नेछ । यहाँ आबे 2017 मा ट्रम्पसँग ।
सिन्जो पछिल्लो पटक भारत भ्रमणमा आउँदा प्रधानमन्त्री मोदीले उनलाई अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए । दुई नेताले लामो समय अँगालो मारेका थिए । यस क्रममा बुलेट ट्रेनको बारेमा छलफल महत्त्वपूर्ण थियो ।
आबे चुनावी प्रचारका क्रममा । जापानमा उनलाई राजनीतिक आक्रामक नेता पनि भनिन्छ । संसदमा उनले कयौं पटक जापान रक्षाको मामिलामा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
आबे सन् २०१२ मा दोस्रो पटक जापानको प्रधानमन्त्री बने । यो तस्वीर उनको दोस्रो कार्यकालमा खिचिएको हो । यहाँ उनी आफ्नो अध्ययन कोठामा बसिरहेका छन्।
यो सन् २०२० को कुरा हो । आबेको स्वास्थ्य दिनप्रतिदिन नाजुक हुँदै गइरहेको थियो । उनले कुर्सी छोड्ने निर्णय गरे । उनको यो निर्णयबाट जापानका अधिकांश मानिसहरु असन्तुष्ट थिए । उनको नजरमा आबे उत्कृष्ट प्रधानमन्त्री थिए ।