• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन



एजेन्सी । गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

जापानको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो । उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरी उपचार गरिएको थियो ।

जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिन्जो त्यहाँ प्रचारप्रसार गरिरहेका थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए ।

उनको नाममा सबैभन्दा लामो समय ९९ वर्ष० प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो ।

आबेलाई आक्रामक नेता मानिन्छ । उनलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसकारण उनले २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।