५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन



अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ ।

केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासो छ ।वडा नं २स्थित खैजनपुरका कृष्णराज धाँमी भन्नुहुन्छ, “पन्ध्र दिनदेखियता आएर केही ट्र्याक्टर व्यवसायी र केही अन्य गिरोहको मिलेमतोमा स्थानीय लुहाले खोला आसपासबाट रात्रिको समयमा मनपरी ढङ्गले ढुङ्गा उत्खनन र निकासी गर्ने कार्य भइरहेको छ ।”

त्रियुगा नदी आसपासबाट दिनमै दर्जनौँ ट्र्याक्टरले अवैधरुपमा बालुवा तथा रोडा उत्खनन गरेर निकासी गरिरहेकाले यस विषयमा पटकपटक सरोकावाला निकायलाई जानकारी गराउँदा पनि नियन्त्रणमा सरोकारवाला निकायले खासै चासो नदेखाएको उहाँको भनाइ छ ।

वडा नं५को देउरी तथा बगाहा क्षेत्रको त्रियुगा नदी किनास क्षेत्रबाट पनि अहिले दैनिक दर्जनौँ ट्र्याक्टरले नदीजन्य पदार्थ खुलेआम निकासी गरेर बिक्री गर्ने गरेको बगाहाका राकेश खड्का बताउनुहुन्छ । स्थानीय पालिका, वडाका जनप्रतिनिधि र प्रहरी प्रशासनलाई समेत जानकारी गराउँदा पनि नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।जिल्ला सदरमुकाम गाईघाट बजारको पूर्वतर्फ अवस्थित बरुवा नदीको ढिम्की, चपन, क्षेत्रमा महिनौँ अगाडिदेखि नदीको संरचना नै भत्काएर अवैधरुपमा ढुङ्गा निकासी भइरहेको त्रिनपा–११ शिवालय टोलका विष्णु कार्की बताउनुहुन्छ ।




भर्खरै