२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बैठकः पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठक आइतबारदेखि सुरु भएको थियो ।

बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ ।

बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको उहाँले जानकारी दिनुभयो । बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्ने साधनका रूपमा विकास गर्ने सङ्कल्पसमेत गरेको उहाँको भनाइ छ ।

बैठकले वाम क्रान्तिकारी पार्टीबीचमा एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचन सम्पन्न गर्ने नीति लिएको छ ।