२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काममा फर्किए अर्थसचिव मरासिनी



अ+ अ-

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका छन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर अनिश्चितकालसम्म बिदा बसेका उनी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि आफ्नो बिदा छोट्याएर काममा फर्किएका हुन् ।

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको भनी आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि उनले सो विषयमा पत्रकार सम्मेलन गर्न लागेको भन्ने जानकारी पाएपछि अर्थसचिव मरासिनी श्रीमती बिरामी भएको भन्दै बिदामा बसेका थिए ।