• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

विशेष समिति बनाई माओवादीले उपत्यकामा संगठन विस्तार गर्ने



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संगठन विस्तार गर्न उपत्यका विशेष समिति बनाउने भएको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा संगठन विस्तार गर्न सम्पर्क समन्वय समिति मिसाएर त्यस्तो समिति बनाउने प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद पनि समाधान गरिने जानकारी दिनुभयो । उहाँले यसका लागि पनि विशेष समिति बनाउने बताउनुभयो ।

उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति पनि बनाउने प्रस्ताव गर्नुभएको छ । बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको छ ।