• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी ★   चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आगामी प्रतिनिधिसभा र प्रदेशसभापछि मात्र पार्टीभित्र बहस गर्ने भएको छ ।

पार्टी केन्द्रीय समितिको जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे आम निर्वाचनपछि विशेष बहस गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकले एमसीसीलाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेको थियो । माओवादी केन्द्रमा एमसीसीको खुलेर विरोध गर्ने नारायणकाजी श्रेष्ठ समूहको नेताहरुको असन्तुष्टिलाई शान्त पार्न अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्मै लैजाने सहमत गराउनुभएको थियो ।

साथै केन्द्रीय समितिको बैठक जेठ २० गते बस्ने निर्धारण गरिएको थियो तर पटकपटक मिति सर्दै यही असार १९ गते केन्द्रीय समितिको बैठक सुरु भयो । अध्यक्ष प्रचण्डले जारी बैठकमा एमसीसीलाई एजेन्डामै पार्नुभएन । अहिले उहाँले यसलाई आम निर्वाचनपछि बहस चलाउने बताउनुभएको छ ।