२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गर्नुभएको हो ।

अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । हालसम्म कोषमा तीन लाख ४४ हजार २४८ योगदानकर्ता र १७ हजार १५६ रोजगारदाता कोषमा आबद्ध भइसकेका छन् । कोषले आगामी आवदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने गरी कार्यविधि निर्माण गरिरहेको छ । कार्यविधि अन्तिम चरणमा रहेको कोषले जनाएको छ ।

मन्त्री कुँवरले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताउनुभयो । कोषले हाल योगदानकर्तालाई चार प्रकारका सुविधा दिँदै आएको छ । योगदानकर्ताले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा, दुर्घटना तथा अशक्तता सुविधा, आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त गर्दै आएका छन् । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउन कोषले सहुलियत कर्जा प्रवाह गर्ने बताउनुभयो । कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने जनाएको छ ।

कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकको जीवनमा आइपर्ने जोखिम कम गर्न कोषले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेको बताउनुभयो ।