• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन



काठमाडौं । विवादित अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा एमालेबाट चार, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट एक एक जना रहने बताइएको छ ।

समितिको संयोजक सदस्यहरूबाट चयन हुनेछन् ।