• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन ★   श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै ★   ओलीसँग भिडेकै कारण मलाई गोदावरीमा निषेध गरियो: भीम रावल ★   उप—निर्वाचनको सुरक्षा तयारी पूरा

मौद्रिक नीतिबाट शेयर कर्जा नियन्त्रण नगर्नुस्ः अध्यक्ष मैनाली



काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिनुभएको छ ।

आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताउनुभएको हो । उहाँले शेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले शेयर कर्जामा धेरै नियन्त्रण गर्ननहुने बताउनु भयो । अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताउनु भयो ।

उहाँले आगामी मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्यापलाई हटाउनुपर्ने बताउनु भयो । अध्यक्ष मैनालीले शेयर कर्जामा सीमा लगाउने भन्दापनि पहँुच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताउनु भयो ।

उहाँले कमजोर र बलियो संस्थाको शेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई शेयर खरिद गर्न रोक लगाएको कारण पनि शेयर बजार जोखिममा पुगेको बताउनु भयो । उहाँले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु शेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई शेयर खरिद गर्नदिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताउनु भयो । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत शेयर बजारमा ल्याउने तयारी भएपनि शेयर किन्ने बायर नै नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ हामीले विदेशी लगानीलाई शेयर बजारमा प्रवेश नदिएको कारण शेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन । शेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाई गर्नुपर्छ भन्ने छैन । हामीले जहिले पनि बाइन साइडबाट मात्रै हेरका छौं । शेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ । पैसा कही पनि अड्किँदैन । बायरले ऋण लिएर शेयर किन्यो भने शेयर किनेको पैसा सेलरले पाउने हो । केही सरकारले करको रुपमा पाउने हो । कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन । कसैले ऋण दिएर शेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन । यो वर्ष कुनै एउटा संस्थालाई हेरेर कर्जा नियन्त्रण नीति नल्याएको भए राम्रो गर्ने थियो । राष्ट्र बैंकले कसैले अर्बौं ऋण लियो । बजारमा चलखेल गर्यो ।

बैंकले यस्तो चलखेललाई नियन्त्रण गर्नुपर्ने थियो । वित्तीय संस्थाहरुले शेयर किनेर चलखेल भयो भन्ने भयो हामीले सबैलाई शेयर किन्न बन्द गरौं । नराम्रो के गरेको छ भने उत्पादन क्षेत्रलाई प्राथमिकता दिने भनेका छौं । उत्पादनशिल क्षेत्रलाई क्यापिटलको खाँचो छ । हामीले बुक बिल्डिङमार्फत उत्पादन क्षेत्रलाई बजारमा ल्याउन थालेका छौं । बजारमा कम्पनी ल्याउने तर किन्ने को हो ? हाम्रोमा बायरको एकदमै सटेज छ । त्यसको ठूलो वायर बैंक तथा वित्तीय संस्थाहरु हुने थिए । तर हामीले घुमाउरो पारले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर किन्न रोक लगाएका छौं । त्यस कारण अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्न । त्यसलाई परिमार्जन गर्नुपर्छ । हामीले दिएरको ल्याण्डिङ रुलबेस भयो । हामी जोखिम बेस ल्याण्डीङमा जानुपर्छ । राम्रो र नराम्रो जुनसकै कम्पनीलाई ७० प्रतिशत कर्जा दिन्छौंं । त्यसमा फरक फरक व्यवस्था गर्नुपर्छ ।

जोखिम बेसमा गयौं भने बैंकबाट आएको लोनबाट बजारलाई केही सुधार गर्ने देखिन्छ । त्यसले शेयर बजारको जोखिमलाई बचाउला भन्ने लाग्छ । बैंक मर्जरमा कम्पनीहरुको कारोबार रोकिन्छ । हामीले नियम किन बनायौं भन्दा दुई कम्पनीबीच सम्झौता गर्नुहुन्छ । पछि गएर डिडिए गरेर स्वाब रेरियो फाइनल गर्नुहुन्छ । त्यहाँ चलखेल हुन्छ । त्यहाँबाट लगानीकर्तालाई बचाउने भन्ने हो । तर सम्झौता गरेको दिन नै यति स्वाब रेसियोमा भयो भनिन्छ । पछि राष्ट्र बैंकले पनि अनुमति दिने स्वाब रेसियो त्यही हुन्छ । त्यसो हुँदा शेयर लगानीकर्ताको सम्पतीलाई रोकेर किन बन्धक बनाउने काम भएको छ । दुईदिन कारोबार रोकेर हुने ठाउँमा लगानीकर्तालाई वर्षौंसम्म प्यानिक बनाउने काम गरेका छौं । यो विषयमा मौद्रिक नीतिमा सम्बोधन हुनुपर्छ ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो । उहाँले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताउनु भयो ।