२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियोः अध्यक्ष थापा



अ+ अ-

काठमाडौँ । नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिनुभएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिनुभएको हो । उहाँले विगत ८-१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनु भयो । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले अटो मोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासो गर्नुभयो । अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा,राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताउनु भयो । उहाँले सरकारलाई अटो मोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सुझाव दिनुभयो ।

अध्यक्ष थापाले सरकारलाई राजश्व चाहिएपनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गर्नुभयो । उहाँले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पु¥याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले राजश्व बढाउनुपर्दा अटो मोबाईल्स क्षेत्रलाई हेर्ने,मौद्रिक नीति ल्याउँदा अटो मोबाइल्सलाई नै अहिले पनि हेर्ने गरेको छ । सरकारलाई के लाग्छ भने सबैभन्दा धेरै राजश्व आउने क्षेत्र यही हो जस्तो लाग्छ । राष्ट्र बैंकले सबै भन्दा बढी पैसा बाहिर पठाउने क्षेत्र यही हो यसलाई ठिक पार्नुपर्छ भन्ने सोच्ने गरेको छ । अटो मोबाइल्स क्षेत्र चुरोट,बिडी र रक्सीको क्याटागोरीमा पर्छ जस्तो लागेको छ । हरेक वर्ष अटोमोबाइल्स क्षेत्र टार्गेटमा पर्छ । सवारी बेच्ने स्वरुम हेरेर अनुत्पादन र बिलासिताका वस्तु भनिएको छ । घरबाट कार्यालय जानदेखि हरेक कामको लागि अटोमोबाइल्स चाहिन्छ । अटोमोबाइल्स क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै परिर्वतन गर्नुपर्छ । विगत १० महिनादेखि हायर पर्चेज गाडीमा ७० देखि ८० प्रतिशतसम्म फाइनान्स हुने गरेको थियो । अहिले ५० प्रतिशतमा झारियो । जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पु¥याइएको छ । त्यस्तै एलसी खोल्दा १० प्रतिशतबाट १०० प्रतिशतसम्म मार्जिन राख्नुपर्ने बनायो । यसलाई लक्षित गरियो । जोखिम भारको कारण बजारमा तरलता सहज हुँदा समेत फाइनान्स नहुने अवस्था देखिएको छ । राष्ट्र बैंकले यो विषय मौद्रिक नीतिमा हेरिदियास् । ८ महिनादेखि अटो व्यवसाय ठप्प छ । ७० देखि ८० प्रतिशत ठप्प रहेको छ । व्यवसायको लागि लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छौं ।‘

अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गर्नुभयो ।