१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

थोत्रा गाडीले सरकारी कार्यालयको परिसर ढाकियो (फोटोफिचर)



अ+ अ-

विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् ।

केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातयात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थन्किएका गाडीको तस्वीरहरु ।
 (तस्वीरः न्यूज एजेन्सी नेपाल)