६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेत बगरमा परिणत भएपछि…



file
अ+ अ-

गलकोट । मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङमा अविरल वर्षाका कारण ठूलोमात्रामा भौतिक क्षति पुगेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ ।

तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही असारमा लगाएको धानबाली पुरेर खेत बगरमा परिणत भएको किसान शङ्कर पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार १०० जनाभन्दा बढी किसानको खेत बाढीले पुरेको छ ।

भर्खर रोपेको धानबालीसहित खेत पुरेपछि यहाँका किसान निरास बनेका छन् । “खेत पुरेको मात्रै छैन, सानासाना खेतका गरा भत्काएको छ, तत्कालै खेत चिनेर बाढी पन्छाउन सम्भव देखिँदैन”, उहाँले भन्नुभयो, “भिरालो जमिनमा खेत रहेकाले मेसिनको प्रयोग गर्नसमेत समस्या हुन्छ ।”