• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

नेपाल र क्यानडाबीचको एकदिवसीय खेल वर्षाका कारण खेल रद्ध



काठमाडौं । नेपाल र क्यानडाबीच मंगलवार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएको छ ।  क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल सुचारु नै भएन ।

नेपालले क्यानडासँग दुई एकदिवसीय खेलको श्रृंखला खेल्ने तालिका रहेको थियो ।जसअन्तर्गतको पहिलो खेल रद्ध हुन पुगेको हो । दोस्रो खेल आज हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाल क्यानडाबाटै स्कटल्याण्ड त्रिकोणात्मक श्रृंखला खेल्न जाने तालिका रहेको छ ।

श्रृंखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाले प्रतिष्पर्धा गर्दैछन् । एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लवसँग एक एकदिवसीय र एक ट्वान्टी–२० अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एकदिवसीय खेलमो स्थानीय ओन्टारियो क्लवलाई ६९ रनले र ट्वान्टी–२० खेलमा ५५ रनको सुखद् नतिजा निकालेको थियो ।

विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने
श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डबिरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।