२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी प्रतिनिधिमण्डल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता सकियो



अ+ अ-

काठमाडौं ।नेपाल भ्रमणका रहेको  एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डल र  एमाले अध्यक्ष केपी शर्मा ओली बीच छलफल सकिएको छ । दुई पक्षबीच बिहीबार दिउँसो २ बजेदेखि करिब एक घण्टासम्म संवाद भएको हो।

ओली निवास बालकोटमा भएको छलफलमा सुमर संगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स र अन्य एमसीसीका प्रतिनिधि संगै एमाले  स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत नेताहरु उपस्थित थिए । 

ओली संगको भेटपछि  उपाध्यक्ष सुमार याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।