४ असार २०८३, बिहीबार
,
Latest
ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी प्रतिनिधिमण्डल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता सकियो



अ+ अ-

काठमाडौं ।नेपाल भ्रमणका रहेको  एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डल र  एमाले अध्यक्ष केपी शर्मा ओली बीच छलफल सकिएको छ । दुई पक्षबीच बिहीबार दिउँसो २ बजेदेखि करिब एक घण्टासम्म संवाद भएको हो।

ओली निवास बालकोटमा भएको छलफलमा सुमर संगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स र अन्य एमसीसीका प्रतिनिधि संगै एमाले  स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत नेताहरु उपस्थित थिए । 

ओली संगको भेटपछि  उपाध्यक्ष सुमार याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।