२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनीः राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग, माइनिङ गैरकानुनी रहेको भन्दै यस्तो कारोबारमा संलग्न नहुन सचेत गराएको छ ।

बैंकद्वारा आज जारी विज्ञप्तिमा हालका दिनहरुमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने, गराउने समेत गरेको पाइएको उल्लेख छ ।

यस्ता कार्यबाट सर्वसाधारणहरु ठगिएको र ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजिम सजाय हुने पनि बैंकले जनाएको छ ।

बिट्क्वाइन जस्ता कतिपय क्रिप्टोकरेन्सीको कारोबार नेपालबाटै हुन थालेका खबरहरु सार्वजनिक भएपछि बैंकले यस्तो सूचना जारी गरेको हो ।