२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनीः राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग, माइनिङ गैरकानुनी रहेको भन्दै यस्तो कारोबारमा संलग्न नहुन सचेत गराएको छ ।

बैंकद्वारा आज जारी विज्ञप्तिमा हालका दिनहरुमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने, गराउने समेत गरेको पाइएको उल्लेख छ ।

यस्ता कार्यबाट सर्वसाधारणहरु ठगिएको र ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजिम सजाय हुने पनि बैंकले जनाएको छ ।

बिट्क्वाइन जस्ता कतिपय क्रिप्टोकरेन्सीको कारोबार नेपालबाटै हुन थालेका खबरहरु सार्वजनिक भएपछि बैंकले यस्तो सूचना जारी गरेको हो ।