• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा सदस्यमा सुहाङको शपथ आज ★   पार्टी विभाजनविरुद्ध जसपा नेपाल आज अदालत जाँदै ★   आलिया भट्ट फेरि डिपफेकको सिकार भइन् ★   काठमाडौंको गौरीघाटमा आगलागी ★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते

खोलामा डुबेर बालकको मृत्यु



प्रतीकात्मक तस्बिर

कपिलवस्तु । कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिनुभयो । रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन् ।

रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो ।