२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठकः आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रश्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल शुरु गरेको छ ।

मंगवबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रश्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल शुरु गरिएको पार्टीका केन्द्रिय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा के भईराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्ने केन्द्रिय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि केन्द्रिय सदस्य विश्वकर्माले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी केन्द्रिय समिति बैठकमा पेस गर्नेगरी भातृ संस्थाहरुको विधानमा एकरुपताको बारेमा के भईराखेको छ भन्ने बारेमा छलफल भयो । र, निर्वाचन आयोगले अघि सारेको निर्वाचन सम्बन्धि विधेयकको बारेमा प्रारम्भिक छलफल भयो । ’

नेपाली काँग्रेसले तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रिय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रिय सदस्य विश्वकर्माकोे भनाई थियो ।