५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बेवास्ता गहत,मुङ,टुसा,तरुल जस्ता खानाको ?



अ+ अ-

१० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपाईलाई त कति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन्। यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन्।’

अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ। मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ।

अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानि गर्छ। स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ। किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन्। त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ।

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ’न्युट्रिसन’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन् । पत्रु वस्तु बनाउँदा प्रयोग गरिने मैदाले पनि स्वास्थ्य खराब गर्छ। खानेकुरा बनाउन प्रयोग गरिने तेल पनि कम गुणस्तरको र बारम्बार तताइएको हुन्छ। यस्तो तेलले क्यान्सरसमेत पैदा गर्छ। कुनै पनि खाद्यान्नको प्राकृतिक स्वरूपमै सबभन्दा बढी पौष्टिक तत्व हुन्छ। खाद्यान्नलाई जति तोडमरोड ग¥यो, त्यति नै त्यसका फाइदा नासिँदै जान्छन्।

केही महिना पहिले पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘न्युट्रिसन’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन्।

काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनासम्मका ७ सय ४५ केटाकेटीमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो। २ वर्षभन्दा कम उमेरका ती केटाकेटीले चाहिने कूल क्यालोरीमध्ये एकचौथाइ हिस्सा पत्रु खानाबाट पाउँछन्।

पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन्। तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन्। यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख। एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन्। बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ। त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस।

पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय–समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन।

अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन्। आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन्। गहतको , मुङको टुसा, तरुल जस्ता खाना किन बेवास्ता ?

फोटो – श्रद्धा ज्ञावली




भर्खरै